समाचार

राक्सिराङको सिलाधनीमा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न


राक्सिराङ। राक्सिराङ गाउँपालिका वडा नं.–६ सिलाधुनीमा शुक्रबार सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  लिसा हिमालय इ.भि.को आर्थिक सहयोगमा दिगो विकासका लागि एकता नेपालले राक्सिराङ ६, ७ र ८ नम्बर वडामा सन्चालन गरिरहेको शिक्षा तथा स्वास्थ्य सहयोग कार्यक्रम–दोस्रो संस्करणको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

सस्थाले स्थानीय सरोकारवालाहरु माझ वर्ष भरि गरिएको कार्य सम्पदानको बारेमा विवरण प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा स्थानीयहरुले सस्थाले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा स्वास्थ्य र शिक्षा र कृषि क्षेत्रमा फरक ढंगले कार्यक्रम सञ्चालन गर्नेमा विश्वास व्यक्त गरे ।

साथैमा स्थानीयहरुले सस्थाले हाल सञ्चालन गरिरहेकोा कामको बारेमा जिज्ञासा राखेका थिए ।  कार्यक्रम लिसा हिमालय इ.भि.का कार्यक्रम संयोजक मदन ढोडारीको अध्यक्षतामा भएको थियो भने राक्सिराङ गाउँपालिका वडा नं.–६ का अध्यक्ष अक्कल बहादुर मोक्तानको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । कार्यक्रम गाउँबेसी क्रियशन प्रा.लि मनहरीको सहजीकरणमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button