समाचार

मनहरीमा सञ्चालन गरेको निशुल्क मुटु जाँच शिविरमा २ सय २० जना लाभान्वित


मनहरी । पश्चिम मकवानपुरको मनहरीमा निशुल्क मुटु जाँच शिविर सम्पन्न भएको छ ।
शुक्रबार मनहरी–७ स्थित रोटरी मार्केट परिसरमा एक बृहत कार्यक्रमको आयोजना गरि शिविर सञ्चालन गरेको हो ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान मनहरी इकाई, मकवानपुर शाखा र रोटरी क्लव अफ हेटौँडाको आयोजनामा शिविर आयोजनामा सञ्चालित शिविरबाट २ सय २०जनाले सेवा लिएका छन । शिविरमा २ सय २० जनाको मुटू जाँच गराइएको र तीमध्ये २२ जनाले अल्ट्रासाउण्ड सेवा समेत लिएको प्रतिष्ठान मनहरी इकाइका अध्यक्ष नारायण सुवेदीले जानकारी दिनुभयो ।

पुरानो मेडिकल कलेज भरतपुरका बरिष्ठ मुटूरोग बिशेषज्ञ डाक्टर मनोज श्रेष्ठ, डाक्टर सुमन कर्माचार्य, मकवानपुर सहकारी अस्पतालका डाक्टरहरु तथा मनहरी अस्पतालका डाक्टर बिजय साहको लगाएतका डाक्टरहरुले शिविरमा सहभागिहरुको मुटु जाँच गरेका थिए ।

कार्यक्रम मनहरी इकाई अध्यक्ष सुवेदीको अध्यक्षतामा भएको थियो भने डाक्टर मनोज श्रेष्ठ, प्रतिष्ठानका केन्द्रीय सदस्य हरिबंश भेटवाल लगायतले मन्तब्य व्यक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button