समाचार

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सरिखेतमा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न


राक्सिराङ । राक्सिराङ –३ मा ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा गृहिणी महिलाहरुबीच हाजिरिजवाफ प्रतियोगिता सञ्चालन गरिएको छ ।
जसमा पलाँसे आमा समुह प्रथम हुन सफल भएको छ । प्रतियोगितामा कुँडुले आमा समुह द्धितिय र कालीधाप आमा समुह तृतिय हुन सफल भएका छन ।

सुर्योदय माविको प्राङगणमा सञ्चालन गरिएको प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनसफल आमा समुहलाई पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको थियो ।

साथै सुर्योदय माविमा अध्ययनरत बिद्यार्थीहरुले महिला हिंसासम्बन्धि जनचेतनामुलक नाटक प्रदर्शन गरेका थिए ।

विभिन्न संघसंस्थाको समन्वयमा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य सजिना मुक्तान, नेपाली काँग्रेस राक्सिराङका सभापति बिरेन्द्र जिम्बा, नेकपा एकीकृत समाजवादीका ज्ञानेन्द्र तामाङ, नारायण श्रेष्ठ, महिला नेतृ सानु नेगी लगायतले बोल्नुभएको थियो ।

कार्यक्रम राक्सिराङ गाउँपालिका वडा नंं ३ ले आयोजना गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button