समाचार

मनहरी –२ मा १ करोड ८० लाखको स्ल्याब ढलान सुरु


मनहरी । मनहरी गाउँपालिका वडा नं.–२ मा एक करोड ८० रुपैयाको स्ल्याब ढलान सुरु गरिएको हो । शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले स्ल्याब ढलानको शिलान्यास गरि ढलान ढलान कार्यको सुरु गरिएको छ ।

चालुआर्थिक वर्ष २०८०÷२०८१ मा बागमती प्रदेश सरकारले गाउँपालिकाको २ नम्बर वडालाई समपुरकको रुपमा बिनियोजन गरेको उक्त बजेटको कार्यन्वयन स्वरुप शुक्रबारबाट धमाधम ढलान कार्य थालिएको मनहरी –२ का अध्यक्ष राजकुमार पाख्रिनले जानकारी दिए ।

तीन तले चोक देखि भिमान सहिद गेट सम्म हुने काम स्यार्से कालिका बिल्डर्स हेटौंडाले ठेक्का सम्झौता गरि १ हजार ६ सय मिटर सम्म स्ल्याब ढलान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button