
राक्सिराङ । राक्सिराङ गाउँपालिका वडा न:६ सिलिङ्गे स्थित कोल डाडा निवासी एक महिला मृत अवस्थामा फेला परेको छ ।
१७ गते बिहान घाँस काट्न जङ्गल निस्केकी ४८ वर्षिय टीका माया ग्लान सोमवार मृत अवस्थामा फेला परेको हो ।
१७ गते बिहान घाँस काट्न निस्केकि ग्लान साझा पख सम्म पनि घर नफर्के पछि आफन्त तथा अन्य स्थानमा खोजतलास गर्दा समेत फेला परेको थिएन ।
स्थानीयहरुले आज ३ दिनमा स्याकपरा डाडाको भिरबाट १५ सय मिटर तल खसेर मृत्यु भएको अवस्थामा शव भेटेको राक्सिराङ -६ का वडा अध्यक्ष अकल बहादुर मोक्तानले जानकारी दिए।
ग्लानको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको वडा अध्यक्ष मोक्तानको भनाई छ






