
जनता समाजवादी पार्टी (जसपा) मकवानपुर संस्थापन पक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मकवानपुरमा समायोजन भएको छ ।
शुक्रबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरि जसपा मकवानपुर संस्थापन पार्टी अध्यक्ष शुभरत्न गोलेको नेतृत्वमा करिव १ सय ५० जनाको प्रतिनीधिमूलक उपस्थितिमा सो पार्टी माओवादी केन्द्रमा समायोजन भएको हो । पार्टी समायोजनका क्रममा उपस्थित सबैजनालाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बागमति प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले स्वागत गरिएकी हुन् ।
पार्टी समायोजन कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले परिवर्तनकारी शक्तिहरु एकाकार भएर अघि बढ्नुको विकल्प नरहेको बताएकी छन् । हाल विभिन्न तप्काबाट संविधान र प्राप्त उपलब्धीमाथि क्षेती पुर्याउने कार्य भइरहेको उल्लेख गर्दै व्यवस्था र उपलब्धीको रक्षा गर्दै समाजवादको यात्रामा अघि बढ्नुपर्ने उल्लेख गरिन् । नयाँ संविधान, व्यवस्थाको रक्षा माओवादीले नै गर्ने जनतामा विश्वास रहेको उनले दावी गरिन् । पार्टी समायोजन पश्चात जिम्मेवारी बाँडफाँड प्राविधिक विषय रहेको भन्दै उनले सल्लाह र सहमति अनुसार अघि बढ्ने उल्लख गरिन् ।
यस्तै, कार्यक्रममा बोल्दै माओवादी केन्द्र मकवानपुरका संयोजक एवम् बागमति गाउँपालिका अध्यक्ष सर्केश घलानले परिवर्तन र नयाँ व्यवस्था ल्याउने शक्ति केही कमजोर बनेको स्थितिमा व्यष्वस्था विरोधी शक्ति सलबलाउन थालेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका पक्षधर शक्तिहरु एकताबद्ध हुुनु अहिलेको जरुरी रहेको उल्लेख गरे । विचार मिल्ने शक्तिहरुबीच तल्लो तहसम्म एकाकार बनाएर लैजानुपर्ने भन्दै उनले हाल भइरहेको एकाकारले जनतामा नयाँ शन्देश प्रवाह गरिरहेको बताए । माओवादी केन्द्रलाई पहिलो शक्ति बनाउने गरि लाग्न संयोजक घलानले सबैलाई अनुरोध गरेका छन् ।
यसेैगरि, कार्यक्रममा बोल्दै माओवादी केन्द्र बागमती प्रदेश कमिटि उपाध्यक्ष एबम् बागमति प्रदेश सांसद प्रेमबहादुर पुलामी (छिन्तु) ले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशका नीम्ति सोचेर अघि बढ्न अनुरोध गरेका छन् ।
पार्टी समायोजन कार्यक्रममा बोल्दै यसअघि जसपा मकवानपुरका संस्थापन अध्यक्ष शुभरत्न गोलेले अरु साना साना परिवर्तनकारी शक्तिहरु छरिएर नबसी व्यवस्था परिवर्तनको नेतृत्वकर्ता शक्ति माओवादी कन्द्रमा एकाकार हुन ढिलाई नगर्न अनुरोध गरेका छन् ।
कार्यक्रममा माओवादी केन्द्र मकवानपुरका सचिव भिम पाख्रिन, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा उपमहानगर इन्चार्ज विवेक राई, बागमती प्रदेश सल्लाहकार ऋषिराम पोखरेल, हेटौंडा उपमहानगर अध्यक्ष तिर्थ थापा मगर, बागमती प्रदेश परिषद् सदस्य सुमन पाख्रिनसहित उक्त पार्टीका जिल्ला नेताहरुको उपस्थिति थियो ।






