राक्सिराङ । राक्सिराङ गाउँपालिका वडा न- ६ मा बालविवाह न्यूनीकरणका लागि सचेतना कार्यक्रम गरेको छ ।
रेइवा ईन्टरनेशनल एकेडमी मनहरीको सहयोगमा राक्सिराङ साप्ताहिले आयोजना गरेको सचेतना कार्यक्रम राक्सिराङ गाउँपालिका वडा -६ मा रहेको राष्ट्रिय मावि सिलिङ्गेमा कक्षा ८ देखि १२ कक्षा सम्म अध्यन गर्ने ४० जना विद्यार्थीहरुलाई समेटेर विद्यालयको सभाहलमा सन्चालन गरिएको थियो ।
नेपालको कानुनले तोकेको भन्दा कम उमेरमा विवाह गर्दा आइपर्ने सामाजिक, शारीरिक तथा कानुनी समस्याका बारेका पत्रकार शिवकुमार रिजालले सहजीकरण गरेका थिए ।
त्यस क्षेत्रमा सानै उमेरमा विवाह गरि बिचमै पढाई छोड्ने प्रमुख समस्याको रुपमा रहेको छ ।
उच्च शिक्षाका अध्यनका लागि जापान पठाउने यस सस्थाले यश अघि आफ्नो सामाजिक उतरदायित्व अन्तर्गत राक्सिराङ- ३ मा रहेको सुर्यदोय मावी, मनहरी -७ मा रहेको राष्ट्रिय रोटरी मावि , ८ मा रहेको महेन्द्र किरण मावि तथा चितवन जिल्लाको विभिन्न स्थानमा विभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गरि सकेका छन।
कार्यक्रम राक्सिराङ -६ का अध्यक्ष अक्कल बहादुर मुक्तान , राष्ट्रिय माविका अध्यक्ष रावण प्रजा, प्रधानाध्यापक लालु माया चेपाङ , रेइवा ईन्टरनेशनल एकेडेमी मनहरीमा संचालक गोकर्ण अर्याल ,समाजसेवि प्रशान्त चेपाङ , राक्सिराङ साप्ताहिकका प्रकाशक ज्ञानेन्द्र तामाङ र पत्रकार जयराम मुक्तान लगाएतको उपस्थिती रहेको थियो ।