समाचार

ख्रीष्ट्मसको अवसरमा मनहरी शुभकामना आदन प्रदान


मनहरी। ख्रीष्ट्मसको अबसरमा मनहरीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

ईसाई समुदायको आउँदै गरेको महान पर्व अंग्रेजी नयाँ बर्ष २०२४ को उपलक्ष्यमा आज एक विशेष कार्यक्रमका बिच मनहरी ईसाई समाजले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि एवम मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको उपस्थिति रहेकोे थियो। उनले नेपाल देश नै धर्म निरपेक्ष राष्ट्र भएकोले आफुलाई मन लागेको कुनै पनि धर्म अबलम्बन गर्न पाउने र स्वतन्त्रपुर्बक जिउन पाईने बताए।

ईसाई समुदाय नम्र र दयालु स्वभावका हुनेभएकोले धेरै जसो अबलम्बन गर्ने मानिसहरू आकर्षित हुन थालेको बताउदै कृसमसको शुभकामना ब्यक्त गरेका थिए।

शान्ती थिङ्गको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा स्वागत मन्तब्य पा. बाबुराम थिङले गरेका थिए। कार्यक्रममा अन्य बिशिस्ट ब्यक्तिहरुको समेत बाक्लो उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button