समाचार

मनहरी–४ का १ सय १५ जना विद्यार्थीलाई साईकल वितरण गर्दै


मनहरी । मनहरी गाँउपालिका वडा नं.– ४ का बिद्यार्थीहरुलाई साईकल वितरण गरिने भएको छ ।

बिहिबार पशुपति माविको प्राङगणमा एक कार्यक्रमको आयोजना गरि बागमती प्रदेशका सामाजिक बिकास मन्त्रि कुमारी मोक्तानको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रम मार्फत ४ नं. वडाका सामुदायिक बिद्यालयमा अध्यन गर्न आउन टाढा पर्ने १ सय १५ जना बिद्यार्थीहरुलाई बिद्यालय आउन सहज होस भन्दै साईकल वितरण गर्न लागेको वडा अध्यक्ष प्रकाश थापाले जानकारी दिए ।

६ कक्षा देखी माथिका १ सय १५ जना बिद्यार्थीहरुलाई साईकल वितरण गर्नका लागि चालु आर्थिक वर्ष २०८०÷८१ मा १० लाख रुपिँया बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट साईकल खरिद गरि बिहिबार साईकल वितरण गर्न लागेको हो ।

गाँउपालिकाको वडा नं.–४ भौगोलिक रुपमा विकट र घरबाट बिद्यालय टाँढा भएका कारण साईकल वितरण गर्न लागिएको वडा अध्यक्ष थापाले बताए ।

विगतमा लामो दुरि पैदल हिडि बिद्यालय आउन समस्या भए पछि विचमा पढाई छाड्नेको संख्या प्रशस्तै थिए । साईकल वितरण पछि बिद्यालय छाड्नेको संख्यामा कमि आइ शैक्षिक गुणस्तरमा बृद्धि हुने विश्वास लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button