राजनीति

गाउँको दु:ख गठबन्धनले मात्रै बुज्छ : मोक्तान

थाहा नगर ।  नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेश सभा सदस्य उम्मेद्वार कुमारी मोक्तानले गाउँको दु:ख र संकट गठबन्धनले मात्रै बुझ्ने बताउनुभएको छ ।

शनिबार थाहा नगरपालिका वडा नम्बर ७ को बिभिम्न टोलमा भएको घरदैलो कार्यक्रममा मतदाताहरुलाई आफु गठबन्धनका सबै पार्टीको साझा उम्मेद्वार भएकोले आफ्नो पार्टी सम्झेर गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न आग्रह गर्नुभयो । उहाँले गठबन्धनलाई बिश्वास गरी गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउन अनुरोध गर्नुभयो । मोक्तानले भन्नुभयो, ‘मंसिर ४ गते हुने निर्वाचनले गठबन्धनकै सरकार बन्नेमा ढुक्क हुनुस।’ उहाँले गठबन्धनको सरकार बनेपछि ४ बर्षमा नभएको बिकास १ बर्षमा भएको समेत बताउनुभयो ।

घरदैलो कार्यक्रममा उम्मेद्वार मोक्तानले मतदाताहरुले राखेका जिज्ञासाको जवाफ दिँदै गठबन्धनलाई बिश्वास गर्न आग्रह गर्नुभयो । घरदैलो कार्यक्रममा नेपका माओबादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य लबशेर बिष्ट, प्रदेश परिषद सदस्य अरुण रायमाझी, बिनायक गोले, थाहा नगर सचिब लक्ष्मण बिष्ट, नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटि सदस्य हरि बहादुर स्याङ्तान, नेपाली कांग्रेसका नेता रामचन्द्र कार्की, निर्माण ब्यवसायी महासंघ केन्द्रिय सदस्य रामबहादुर बिष्ट लगयत गठबन्धनका स्थानीय नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button