मनहरी । लामो समय देखी प्यारलाइसिसबाट थला परेका एक दम्पतीलाई खाद्य सामाग्री सहयोग गरिएको छ ।
मनहरी गाँउपालिका वडा नं.–७ प्याङचे निवासी ६० बर्षिय राम बहादुर प्रजा र उनका उत्नी ५५ वर्षिय सुकु माया प्रजा दम्पतीलाई नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सचिवालय सदस्य बीर बहादुर घलान (ज्लाला) ले चामल , दाल , आलु लगाएतका खाद्य सामाग्री दम्पतीको निवासमै पुगी सहयोग हस्तान्तरण गरिएको हो ।
विगत ९ वर्ष देखी प्यारलाइसिस पिडित सुकुमाया र १ वर्ष देखी प्यारलाइसिस पिडित राम बहादुर प्रजा अहिले हिडडुल समेत गर्न सकिदैनन् ।
रोगी दम्पतीको आर्थिक अवस्था कमजोरका कारण उपचार समेत हुन सकेको छैन ।
काम गर्न सक्ने अवस्था नभएका कारण प्रजा दम्पतीको जिविकोपार्जनमा सहजताका लागि खाद्य सामाग्री सहयोग गरिएको नेता ज्वालाले बताए ।
माओवादी दुखी गरिवको पार्टी भएकाले समस्या परेको बेला जो सुकैलाई पनि सहयोग हुने उनले बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेता बीर बहदुर घलान (ज्वाला) , माओवादी बागमती प्रदेश कमिटि सदस्य लक्ष्मी माझी , अनेमा संघ क्रान्तिकारी मनहरीका अध्यक्ष बिमला गलान , वाईसिएल मनहरीका सचिव अभि राना प्रजा लगाएतकाको उपस्तीथी रहेको थियो