
मनहरी । २८५९ औं ह्योयी ल्हो (खरायो वर्ग ) सोनाम ल्होछारको अवसरमा मनहरी –७ मा रहेको साङगा छ्योइफेल गुम्बाले ल्होछार मेला आयोजना गर्ने भएको छ । शनिबार गुम्बा व्यवस्थापन समितिको बैठकले आगामी माघ ८ गते मेला आयोजना गर्ने निर्णय गरेक समितिका अध्यक्ष गौतम लामाले बताए ।
मेला मनहरी – ७ स्थित बुद्ध शान्ति हरित पार्क भित्र आयोजना गर्ने जनाएको छ । मेलामा तामाङ खानाको स्टल , तामाङ सस्कृति संग सम्बन्धित बिभिन्न स्टल रहने जनाएको छ ।
मेला ब्यवस्थापनका लागि सुरेश मोक्तानको संयोजकत्वमा मेला समिति समेत गठन गरेको छ ।
त्यसै गरि ल्होछारको मुख्य दिन ८ गते गुम्बामा पुजा पाठ गर्नुका साथै ल्होक्यार फाल्ने कार्यक्रम समेत तय गरेको अध्यक्ष लामाले बताए ।






