समाचार

माओवादी केन्द्र राक्सिराङको अध्यक्षमा हस्त बहादुर मुक्तान

राक्सिराङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र राक्सिराङ गाउँ कमिटिको अध्यक्षमा पुनः हस्त बहादुर मुक्तान सर्वसम्म रुपमा निर्वाचित भएका छन ।

मंगलबार भएको तेस्रो सम्मेलनको बन्द सत्र एक दिन लम्बीए पछि बुधबार भएको छलफलबाट पुनः मुक्तानको नेतृत्वमा ४५ सदस्यीय गाउँ कमिटि सर्वसम्मत रुपमा गठन गरिएको हो ।

गाउँ कमिटिको उपाध्यक्षमा पुर्णिमा दोङ, चन्द्र सि प्रजा र रामशरण प्रजा रहेका छन ।  त्यसै गरि सचिवमा जंगलाल चेपाङ, कोषाध्यक्षमा सिमोन विक , सहसचिवमा साजन पाख्रीन ,अन्जित चेपाङ र जीवन रुम्बा लगाएत ४५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएका छन ।

निर्वाचित भएकाहरुलाई नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सचिवालय सदस्य बीर बहादुर घलान (ज्वाला)ले प्रमाणपत्र वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button