
मनहरी । मनहरी गाँउपालिका वडा नं.– २ मा नेकपा माओवादी केन्द्रको वडा कार्यालय उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि वडा कार्यालयको उद्घाटन गरिएको हो ।
कार्यालयको उद्घाटन नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य घनश्याम दाहाले गरेका थिए ।
उद्घाटन गर्दै नेता दाहालले जनताको समस्याको समाधान तथा देशको विकास माओवादी बाहेकले सम्भव नरहेको बताए । अहिलेको दलहरु माओवादी सिदान्त र कार्यदेशमा टेकेर माओवादीलाई गाली गरिरहेको बताए ।

उद्घाटन कार्यक्रमका माओवादी केन्द्र बागमती प्रदेश कमिटिका सचिवालय सदस्य बीर बहादुर घलान (ज्वाला) , जिल्ला सदस्य तथा मनहरी ईन्चार्ज राजकुमार पाख्रिन , आनन्द घलान लगाएतका नेता तथा कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।






