राजनीति

माओवादी केन्द्रद्वारा मनहरी र राक्सिराङमा सरसफाई गरियो


मनहरी । नेकपा माओवादी केन्दले्र सरफसफाई गरेको छ । पार्टीको विशेष कार्यक्रमको अवसर पारेर शनिबार मनहरी –७ मा रहेको बुद्ध शान्ति हरित पार्क र राक्सिराङ –६ सिलिङगेमा रहेको राष्ट्रिय मावि परिसरमा सरसफाई गरिएको हो ।

नेकपा माओवादी केन्द्र मनहरी–७ वडा कमिटिको सक्रियतामा पर्यटकीय स्थलमा रुपमा निर्माण गरिएको पार्कको सरसफाई गरिएको हो ।

पर्क क्षेत्रमा रहेको झाडी फाड्नुको साथौ , प्लास्टीक , बोत्तलको टुक्रा टाक्री लगाएतका अन्य फोहोरलाई संकलन गरि सफाई गरिएको हो ।

सफाई अभियानमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य द्वय ईश्वरी चन्द्र भट्टराई र घनश्याम दाहाल , माओवादी केन्द्रका बागमती प्रदेश कमिटि सदस्य सीता पुलामी मगर , मनहरी गाँउ कमिटिका उपाध्यक्ष दील बहादुर स्याङबो लगाएतको उपस्थीती mरहेको थियो ।

त्यसै गरि राक्सिराङ–६ सिलिङगे स्थित राष्ट्रिय मावि क्षेत्रमा रहेको बिभिन्न झाडी , लगाएतका अन्य फोहोरलाई सफाईँ गरिएको छ ।

जसमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटिका सचिवालय सदस्या वीर बहादुर घलान (ज्वाला) , गाँउ कमिटि अध्यक्ष हस्त बहादुर मोक्तान लगाएतका अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थीतीमा सफाई ष्रिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button