
मनहरी । मनहरी गाउँपालीकाले सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको छ । मंगलबार मनहरी ३ लामिटार स्थीत सभाहलमा एक कार्यक्रमका बिच उनीहरुलाई नगद सहित सम्मान गरेको हो । गाउँपालीका उपाध्यक्ष सिता पुलामी मगरको सभाध्यक्षतामा आयोजीत कार्यक्रममा बागमती प्रदेशका सामाजीक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै बाग्मती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले अहिलेको व्यवस्था ल्याउन सहिद तथा बेपत्ता ब्यक्तिहरुकै कारण सम्भव भएको बताए । १० वर्षे जनयुद्ध र जनआन्दोलनको क्रममा देशलाई परिवर्तन गर्न आफ्नो ज्यानको प्रवार नगरी आन्दोलनमा होमिएको ती महान ब्यक्तिहरुलाई राज्यले सधै उच्चा सम्मान गर्नु पर्नेमा जोड दिए ।
त्यसै गरि उनले भने , १० वर्षे जनयुद्धले तपाईंको सन्तानको बलिदान लियो भनेर अनेक मानीसहरुले भन्लान तर तपाईंको सन्तानको रगतले अहिलेको व्यवस्थालाई सिँगारेको भनेर बुझ्नुस् । अबुझ मानीसहरुको मानसीकताले अहिलेको व्यवस्थालाई दोष दिएको उहाको भनाई छ ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य वीर बहादुर घलान (ज्वाला) ले अहिलेको व्यवस्थालाई बलीयो बनाउन सहिदहरुले दिएको आहुती भुल्न नहुने उद्घोष गर्नुभयो । १० वर्षे जनयुद्धको सुखद उपलब्धीको रुपमा अहिलेको लोकतान्त्रिक गणतन्त्र आएको र केही ब्यक्तिहरु यसको बिपक्षमा वकालत गर्दै हिडिरहेको टिप्पणी गरे ।

कार्यक्रममा १३ सहिद र २ वेपत्ता परिवारलाई जनहि नगद रु ५ हजार सहित सम्मान गरीएको थियो । कार्यक्रममा ३नम्बर का अध्यक्ष अनन्त अर्याल , ४ नं अध्यक्ष प्रकाश थापा , ५ नम्बरका अध्यक्ष दीपेन्द्र अधिकारी ,८ नं अध्यक्ष नारायण उप्रेती , प्रमुख प्रशासकिय अधिकृत मोहन श्रेष्ठ , नेकपा माओवादी बागमती प्रदेश ईन्चार्ज विर बहादुर घलान (ज्वाला), कार्यपालीका सदस्यहरु लगायतको सहभागीता रहेको थियो ।






