समाचार

पशुपतिनाथ माविको अध्यक्षमा गौतम पुन: चयन

मनहरी । मनहरी गाउँपालिका–४ मा रहेको पशुपतिनाथ माविको अध्यक्षमा पुन:माधब गौतम चयन भएका छन । आइतबार भएको अभिभावक भेलाबाट गौतमलाई पुन: अध्यक्षमा चयन गरेको हो । यस अघि उनले २ कार्यकाल अध्यक्षमा रहि बिद्यालयलाई व्यापक सुधार गरिसकेका छन । आइतबार तेस्रो कार्यकालको लागि अध्यक्षमा चयन भए लगत्तै नमस्ते मनहरीसङ्ग प्रतिक्रिया ब्यक्त गर्दै गौतमले बिद्यालयको शैक्षिक गुणस्तरमा परिवर्तन गर्ने आफ्नो मुख्य उद्धेश्य रहेको बताए ।
भेलाले समितीको सदस्यहरुमा मङगल मुक्तान ,मुकुन्द सुवेदी, कल्पना कार्की ,बिष्णु माया बल र सीता नेपाली रहेका छन ।

बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आथित्यमा भएको भेलामा मनहरी गाउँपालिका शिक्षा प्रमुख हरिचन्द्र सापकोटा ,मनहरी–४ का वडाध्यक्ष प्रकाश थापा, पूर्बवडाध्यक्ष ध्रुब खड्का, गाउँ शिक्षा समिति सदस्य ध्रुब सुनार, समाजसेवि रामहरि ढकाल, चन्द्रबहादुर न्यौपाने, प्रधानाध्यापक भानुभक्त आचार्य, स्थानीय समाजसेबी शंकर न्यौपाने, उद्धब बिष्टलगायतले शुभकामना व्यक्त गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button