
राक्सिराङ । मकवानपुर जिलाको राक्सिराङ गाउँ पालिका वडा नं. ३ को गृङ्ती स्थित रहेको साङ्गेछ्योलिङ गुम्बाद्वारा मञ्जुश्री संवत् २८५९ औं सोनाम ल्होछार तथा बृहत कार्यक्रम माघ ७ गते आयोजना गर्ने भएको छ।
ल्होछार कार्यक्रम सँगै सोही दिन सम्पन्न गुम्बा भवनको उद्घाटन गर्ने भएको छ। कार्यक्रममा चर्चित सेलो गायकहरुको साथमा मनाउने तयारी रहेको छ भने तामाङ संस्कार बौद्ध धर्म प्रवर्द्धनको लागि सोनाम ल्होछार कार्यक्रम अपरिहार्य रहेको ल्होछार कार्यक्रम आयोजना गर्न लागेको गुम्बा अध्यक्ष चित्र थिङ ले जानकारी गराए।






