समाचार

कैलाशको कालीकाटारमा ल्होछार बिशेष सांस्कृतिक कार्यक्रम हुने

कैलाश । कैलाश गाउँपालिकामा ल्होछार बिशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । २८५९ ह्योयी ल्हो सोनाम ल्होछार मुल समारोह समिति कैलाश मकवानपुरको आयोजनामा माघ २८ गते शनिबारको दिन कैलाश गाउँपालिकाको केन्द्र कालीकाटारमा कार्यक्रम हुन लागेको हो ।
तामाङ समुदायको भेषभुषा,भाषा,धर्म,संस्कृति,संस्कारको संरक्षण एवं प्रवद्र्धन गर्दै ल्होछार पर्वलाई घरघरमा पु¥याउन सन्देश प्रवाह गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गर्न लागेको कार्यक्रम संयोजक बिजय लोप्चनले जानकारी दिनु भयो ।

गाउँपालिका अध्यक्ष लोक बहादुर मुक्तानले उद्घाटन गर्ने कार्यक्रममा चर्चित गायक एवं संगितकार विश्व दोङ,गायिका सुमिना लो,नेपालकै पहिलो चेपाङ गायक रबिन कुमार चेपाङ, अबिराम मोक्तान, धिरेन लामा,अनराज मोक्तान,सुजना रुम्बा,बिक्रम लुङ्वा,साम्तेन मोक्तान,केशर सिं मोक्तान,आशाराम थिङ,सुमियन पाख्रीन लगायत मकवानपुरको भाईरल डान्सर प्रेमा लोप्चन सहित आस्था कला केन्द्र मनहरीका नृत्य र स्थानीय कलाकारको बेजेड प्रस्तुती हुने कलाकार ब्यबस्थापन संयोजक मानव मोक्तानले बताउनु भयो । कार्यक्रमको थप आकर्षणको रुपमा लामा, बोन्बो,लाप्ताबाको झाँकी,मौलिक सेलो डम्फुरे गित रहनेछ ।

कार्यक्रमकै अवसरमा विपन्न विद्यार्र्थी लक्षित छात्रवृत्ति कोष स्थापना सहयोगार्थ भाग्यशाली उपहार कार्यक्रम समेत आयोजना गरिएको छ । उपहार कार्यक्रममा प्रथम उपहार ४३ को एलईडि स्मार्ट टिभी १ जनालाई ,दोश्रो उपहार सामसुङ एनरोर्ड मोबाइल १ जनालाई ,तेस्रो पुरस्कार टेक्नो एनरोड मोबाइल १ जनालाई र सान्त्वना उपहारमा किप्याड मोबाइल ५ जनालाई रहेको छ । उपहार कार्यक्रमको टिकट दर १०० रुपैया निर्धारण गरिएको छ । सांस्कृतिक कार्यक्रम समापन भए पश्चात सोही स्थानमा उपहार कार्यक्रम खोलिने छ ।

कार्यक्रमलाई ब्यबस्थापन गर्नको लागि बिजय लोप्चनको संयोजकत्वमा ५१ सदस्यीय २८५९ ह्योयी ल्हो सोनाम ल्होछार मुल समारोह समिति कैलाश मकवानपुर समेत गठन गरिएको छ । त्यस्तै गरि उप संयोजकमा उदाश कुमार भोलन, आर्थिक व्यवस्थापन संयोजक देव लाल बल,कलाकार ब्यबस्थापन मानव मुक्तान,प्रचार प्रसार व्यवस्थापन रबिन्द्र थिङ,मञ्च व्यवस्थापन क्षितिज लामा,अतिथि सत्कार सिताराम रुम्बा,झाँकी व्यवस्थापन जीवन लामा रहने गरि उपसमिति समेत गठन गरि तयारी तीब्र पारिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button