
मनहरी । मनहरीमा बिभिन्न पार्टी परित्याग गरि १ सय ५२ जना नेकपा माओवादी केन्दमा प्रवेश गरेका छन । माओवादी केन्द्रको ३ महिने अभियान अन्तर्गत शनिबार मनहरी १ मा भएको पार्टी सम्मेलन कार्यक्रम मार्फत १ सय ५२ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसका क्रियशिल सदस्य बुद्धी बहादुर मोक्तान सहित १ सय १३ जना र नेकपा एमालेको तर्फबाट गत स्थानीय निकायको चुनावमा वडा सदस्यको उमेदवार बनेका एमाले नेता बिना गोले सहित ३९जना नेकपा एमालेका कार्यबर्ता माओवादीमा केन्द्रमा प्रवेश गरेका हुन ।
नव प्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य घनश्याम दाहाल , माओवादी केन्द्रका बागमती प्रदेश कमिटि सचिवालय सदस्य बीर बहादुर घलान (ज्वाला) , लक्ष्मी माझी लगाएतले टिका माला लगाएर स्वागत गरेका थिए ।
नव प्रवेशी उनिहरुले देश निर्माणमा माओवादीको भिजनलाई स्वीकारर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । एमाले , कांग्रेसले जनताको समस्यलाई भन्दा आफु निकट कार्यकर्तालाई मात्र पालन पोषण गरेको आरोप लगाए ।






