
कैलाश । कैलाश गाँउपालिका वडा नं.– २ मा माघ –८ गते २८५९औँ सोनाम ल्होछार २०७९(ह्योयी ल्हो )बिरालो वर्ग०को अवसरमा ल्होछार विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
उक्त वडाको बैकुण्ठ स्थित पर्यटकिय स्थल डाँफे–मुनाल पार्कको प्रर्वद्धन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ । कार्यक्रममा सेलो गायक योगेश लामा लोकदोहोरी गायिका प्रतिमा अर्याल, नेपाल लोक स्टार रामकुमार नेपाली, लगायतका कलाकारहरूको प्रस्तुति रहने जनाएको छ ।
मेलामा स्थानीय तामाङ समुदायको संस्कार र संस्कृतिसँग सम्बन्धित लामा, बोन्बो, लाब्ताबा लगायतको विशेष झाँकीको प्रस्तुतिका साथै स्थानीय स्तरका कलाकारहरूको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।






