
कैलाश। मकवानपुरको कैलाश गाउँपालिकामा सञ्चालित सूचना प्रविधि तालिम मंगलबार सम्पन्न भएको छ।
गाउँपालिकाभित्रका ४३ जना प्रधानाध्यापक, स्रोत शिक्षक तथा आइटी फोकल शिक्षक सहभागी तालिम शुक्रबारदेखि सुरु भएको थियो।
समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले विकट भौगोलिक स्थितिका बाबजुद शिक्षामा सुधार भइरहेकाे बताए। उनले आइटी साधनको सही प्रयोगमा जोड दिँदै तालिममार्फत शिक्षकको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे।
तालिम होमबहादुर नेपाली, विवसजङ्ग थापा र समीर जोशीले सहजीकरण गरेका थिए।
कार्यक्रम कालिका माविका प्रअ रामप्रसाद कालाखेतीको अध्यक्षता, अध्यक्ष मुक्तानको प्रमुख आतिथ्यता र वडा ९ का वडाध्यक्ष भूवन सिं घलानको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।






