
मनहरी । मनहरी गाँउपालिका वडा नं. –८ गरीब तथा विपन्न वर्गका बिद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । सिबिन नेपाल मनहरीका सामाजिक परिचालक राजेन्द्र कुमार मुक्तान को रहोबर प्राप्त उक्त सामाग्री मनहरी –८ स्थीत महेन्द्र किरण माविमा अध्ययनरत ३७ जना बिद्यार्थीलाई बाल श्रमबाट जोगाउन बालश्रम न्यूनीकरण परियोजना अन्तर्गत वितरण गरिएको सामाजिक परिचालक राजेन्द्र कुमार मोक्तानले जानकारी दिए । विद्यार्थीहरुले न्यानो कपडा अन्तर्गत स्विटर र मोजा प्राप्त गरेको हो । त्यसै गरि उक्त वडाका ६ बालबालिको परिवारलाई खाद्य सामाग्री समेत वितरण गरिएको थियो । कार्यक्रममा मनहरी –८ का अध्यक्ष नारायाण उप्रेती र महेन्द्र किरण माविका प्रधानध्यापक शिव रिमाल लगाएतका उपस्थीत थिए ।







