
मनहरी । मनहरी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि नेपाल सरकारका उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले शिलान्यास गरेका हुन ।
मनहरी –९ रजैया स्थित पूर्वपश्चिम राजमार्गको तल्लोटोलमा निर्माण गर्न लागिएको प्रशासनिक भवनको शिलान्यास गरिएको हो । गाउँपालिकाको हाल सञ्चालन हुदै आईरहको कार्यालय भाडा मार्फत सञ्चालित छन ।
निर्माण गर्न लागिएको भवन ठेक्का मार्फत निर्माण सेवा जेभी बालाजु १६ काठमाडौसंग सम्झौता भइसेको छ । सम्झौता अनुसार निर्माण व्यवसायिले २०८२ चैत्र ३० गते भित्रमा निर्माण सम्पन्न गर्नु पर्ने उल्लेख गरिएको छ । ३ तल्लाको निर्माण हुने भवनको कुल लागत ८ करोड २८ लाख ६ हजार १७८ रुपैयाँ ३९ पैसा रहनेछ । ६ कट्ठा क्षेत्रफलमा निर्माण हुने भवन अपाङ्गमैत्री र नयाँ प्रविधियुक्त हुने छ ।






