समाचार

कैलाश -४ मा माओवादी केन्द्रका तीलक मुक्तान  वडा अध्यक्षमा बिजयी

मनहरी  । कैलाश गाउँपालिका वडा नम्बर ४ मा माओवादी केन्द्रका तीलक बहादुर मुक्तानले  बिजयी हासिल गरेका छन ।मुक्तानले आफ्नो निकट्तम प्रतिद्वन्दी  केशव मुक्तानलाई ९ मतान्तरले पराजित गरेको हो । बिजयी हासिल गरेका मुक्तानले  कुल ३ सय ४४   मत प्राप्त गरेका थिए भने उनी संग पराजय बेहोरेका  मुक्तानले ३ सय ३५ मत प्राप्त गरेका थिए  ।

त्यसै गरि  सदस्यहरुमा माओवादी केन्द्रका रविन्द्र सिन्तानले ३३३ मत प्राप्त गरेको थियो भने  नेकपा एमालेका नीमराज प्रजा ३१५ मत  प्राप्त गरि  वडा सदस्यमा बिजयी हासिल गरेका थिए  । त्यसै गरि महिला सदस्यमा नेकपा माओवादीका सम्झना गोलेले ३४५ मत प्राप्त गरिन भने  दलित महिला सदस्यमा माओवादी केन्द्रकी एलिसा सुनारले सर्बाधिक ३४७ मत प्राप्त गरि बिजयी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button