समाचार

हेटौंडामा टिभिएसको च्याम्पियन्स एक्स्चेन्ज मेला हुने


हेटौंडा । हेटौंडाको मेनरोड रानी दरबार अगाडि रहेको हेटौंडा अटोमार्टमा टिभिएसको ५ दिने ‘च्याम्पियन्स एक्स्चेन्ज’ मेला हुने भएको छ ।

मेला असोज ९ गते मंगलबारबाट १३ गतेसम्म सञ्चालन हुने टिभिएसको आधिकारिक बिक्रेता हेटौंडा अटोमार्टका सञ्चालक प्रवेशराज बरुवालले बताउनुभयो ।

दशैं तिहार लगायतका चाडपर्वको अवसरमा टिभिएसले ल्याएको ‘हर मोडमा उमंग’ अफर अन्तर्गतका छुटसहित अन्य विशेष छुट र सुविधा एक्स्चेन्ज मेलामा ग्राहकले प्राप्त गर्ने बरुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुराना जुनसुकै मोटरसाईकल तथा स्कुटर एक्स्चेन्ज गरी नयाँ टिभिएस मोटरसाइकल तथा स्कुटर विशेष छुटमा नयाँ मोटरसाईकल तथा स्कुटर खरिद गर्ने अवसर ग्राहकलाई मिल्नेछ ।

टिभिएसका मोटरसाईकल तथा स्कुटर खरिदमा ग्राहकले १० लाख रुपैयाँसम्म जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।

यस योजना अन्तर्गत नकिन्दै एक लाख जित्ने मौका र खरिद गरेपछि दस लाख रुपैयाँसम्म जित्ने मौका छ ।

हरेक महिना १०० प्रतिशत क्यास ब्याक जित्ने अवसरका साथ एक भाग्यशाली विजेताले बम्परमा १० लाखसम्म जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ ।

साथै, कम्पनीले मोटरसाईकल तथा स्कुटर एक्चेन्जमा रु. १० हजारसम्म थप मूल्यांकन तथा शुन्य प्रतिशत ब्याजदर र २५ प्रतिशत डाउनपेमेन्टमा मोटरसाईकल तथा स्कुटर खरिद गर्नसक्नेछन् ।

नेपालका लागि टिभिएसको अधिकारिक बितरक कम्पनी जगदम्बा मोटर्सले आकर्षक अफरहरु सहित च्याम्पियन्स एक्सचेन्ज अफरको घोषणा गरेसंगै टिभिएसका मोटरसाईकल तथा स्कुटरको ईन्जिनमा लाईफ टाईम वारेन्टीको ब्यवस्था समेत गरेको जगदम्बा मोटर्सले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button