राजनीति

मनहरीमा २० जना एमाले कार्यकर्ता सहित २५ जना माओवादी प्रवेश , भटाभट एमाले परित्याग गर्नेको संख्या बढ्यो


मनहरी । मनहरी गाँउपालिका वडा नं.–५ मा नेकपा एमाले सहित विभिन्न पार्टी परित्याग गरी २५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन । मंगलाबार नेकपा माओवादी केन्द्र –५ नम्बर वडा कमिटिको आयोजना भएको ५ नम्बर स्तरिया अगुवा कार्यकर्ता भेलाको अवसरमा नेकपा एमाले ५ नं. वडा सदस्य चक्र स्याङतानको नेतृत्वमा २० जना र अन्य पार्टी बाट विष्णु दर्लामीको नेतृत्वमा ५ जना सहित २५ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

उनिहरुलाई नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष  सर्केस घलान , मनहरी गाँउ कमिटि अध्यक्ष रामप्रसाद कालाखेती लगाएतले फुलमाला र अविर लगाई माओवादी केन्द्रम स्वागत गरेका थिए ।
एमालेबाट स्याङतान सहित शंकर रुम्बा, हिरामाया स्याङतान , विष्णु बहादुर प्रजा , निशान राई ,सम्झना राई सहित २० जना र अन्य पार्टी बाट .दर्लामी सहित प्रेम बहादुर प्रजा , पम्फा माया प्रजा सहित ५ जना गरिी २५ जना माओवादी केन्द्रमा प्रवेश गरेको हो ।
माओवादीमा प्रवेश पछि प्रतिक्रिया दिदै स्याङतानले नेकपा एमालेका अध्यक्ष ओलीले माओवादी आन्दोलन र जन आन्दोलनबाट प्राप्त जनताको अधिकारलाई सखाप गरी जनतालाई उखानको टुक्र सुनाएर झुक्याइरहेको र उनिहरुको हक अधिकारबाट वञ्चि गरिरहेको भन्दै एमाले परित्याग गरेको बताए ।


यस अघि ५ नं. वडामा नेकपा एमाले परित्याग गरि निवर्तमान निर्वाचित वडा अध्यक्ष शुभराज थिङ सहित ठुलो संख्यामा एमालेका कार्यकर्ताहरुले पार्टी परित्याग गरहेका थिए। यसरी भटाभट एमालेका कार्यकर्ताहरु पार्टी प्रति असन्तुष्टि जनाई भटाभट पार्टी परित्याग गर्नु आगामी मसिंर ४ गते हुने निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई राम्रो संकेत नभएको जानकारहरु बताउछन ।

प्रदेश सभा समानुपातिक उम्मेदवार सोनाम सिङ स्याङ्तानको प्रमुख आथित्यमा भएको कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सचिवालय सदस्य बीर बहादुर घलान (ज्वाला) नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष सर्केस घलान, गाँउ कमिटि अध्यक्ष राम प्रसाद कालाखेति , नेता गजाधर सुबेदि दिपेन्द्र अधिकारी , राजकुमार पाख्रीन लगाएतका रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button