राजनीति

गरिव तथा निमुखा जनतालाई गाँजा मुद्धामा जेल राख्नु अन्याय हो:खतिवडा


मनहरी । नेकपा एकीकृत समाजवादीका नेता तथा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार बिरोध खतिवडाले गाँजा मुद्धामा जेलमा रहेकाहरुलाई चुनाव पछि जेलबाट मुक्त गर्ने अभियानमा लाग्ने बताएका छन । बिहिबार बाम लोकान्त्रिक गठबन्धन राक्सिराङको आयोजनामा गरिएको बृहत चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै खतिवडाले उक्त कुरा बताएका हुन ।

संयुक्त राष्ट्र संघले गाँजालाई लागु औषधको सुचिबाट हटाइ औषधिको सुचिमा सुचिकृत गरिसकेकोे अवस्थामा पनि उनिहरुलाई अझै जेलमा राख्नु अन्याय हुने बताए । नेपालको कानुनमा गाँजालाई लागुऔषधको रुपमा अझै परिभाषित गर्ने गरेको र कानुन संशोधन नभएको कारण गरिव निमुखा भरियाहरु जेल बस्न बाध्य छन् । मनहरी राक्सिराङ तथा कैलाश जस्ता दुर्गम क्षेत्रमा चेपाङ तामाङ हरु आफ्नो दुई छाक टार्न र बालबच्चाको लालन पालनका लागि खर्च जोहो गर्न खोज्द उनिहरु जेलमा बस्न बाध्य छन ।

विश्वको धेरै देशमा गाँजा बैधानिक रुपमा खेति गरि त्यहाको जनताले आफ्नो आर्थिक स्थिति परिवर्तन गरिसकेको अवस्थामा पनि नेपालमा भने केहि अराजक तत्वहरुले कानुन संशोधन गर्न नखोज्दा उनिहरु जेल बस्न बाध्य रहेको तर्क छ ।
जनताले यस निर्वाचनमा आफुलाई मतदान गरि विजयी गराई संसद पठाएमा संसदको पहिलो बैठकमै आफुले गाँजाको मुद्धा उठाउने बताए । संसद छिरे पछि गाँजालाई बैधानिक बनाउृनका लागि कानुन संशोधन आफ्नो पहिलो मुद्धा हुने बताए । यस अधि संसद हुदा पनि गाँजालाई बैधानिक बनाउनु पर्छ भन्दै संसदमा दर्ता भइसकेको स्मरण गर्दै ले अवको कार्यकालमा यस मुद्धा सफल हुनेमा विश्वस्त रहेको खतिवाडाको भनाई छ ।
त्यसै गरि उम्मेदवार खतिवडाले जेलमा रहेकाहरुलाई जेल मुक्त गर्ने महा– अभियान पनि सञ्चालन गरिनेबताए । उनिहरुलाई जेलमा राखिरहदा देशलाई उल्टै आर्थिक रुपमा निकै बोझ भइरहेको बताए । दैनिक खाना, लत्ताकपडा , सरसफाई लगाएतका अन्य बिभिन्न खर्च ब्यवस्थापन गर्दा देशलाई वार्षिक अर्बैको घाटा रहेको उनको तर्क छ । गाँजा केशमा कन्दी जिवन बिताइरहेकाहरुलाई समयमै जेल मुक्त गरेमा देशलाई आर्थिक भार पनि कम हुने उनको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button