
मनहरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मनहरी गाउँकमिटीको बिहिबार बसेको बैठकले सीता पुलामी मगर (रेखा) लाई संंसदीय दलको नेता चयन गरिएको छ ।
रजैया स्थित पार्टी कार्यालयमा भएको बैठकले मनहरी गाँउपालिकाको उपाध्यक्ष समेत तथा पार्टीको बागमती प्रदेश कमिटिका सदस्य समेत रहेको सीत पुलमी मगर (रेखा) लाई संसदीय दलको नेतामा चयन गरिएको हो । संसदीय दलको नेता, उपनेता, सचेतक लगायत सदस्यहरु सामान्य तय निर्वाचित जनप्रतिनिधिबाट चयन गरिन्छ ।
दलको उपनेतामा मनहरी गाउँपालिका इन्चार्ज एबम मनहरी २ का वडा अध्यक्ष राजकुमार पाख्रीन, प्रमुख सचेतकमा वाइसियल प्रदेश कमिटी सदस्य समेत रहेका ५ नम्बर वडा अध्यक्ष दीपेन्द्र अधिकारी चयन भएका छन ।





