समाचार

आचारसंहिता विपरीत राक्सिराङका शिक्षक घलान एमालेको उम्मेदवारलाई भोट माग्दै

मनहरी । राक्सिराङका एक शिक्षक निर्वाचन आचारसंहिता विपरीत राजनैतिक दलको प्रचार प्रसार तथा एमालेको उम्मेदवारलाई भोट माग्दै हिडिरहेको पाइएको छ । । राक्सिराङ गाउँपालीका –४ नं वडामा रहेको श्री आधारभुत विद्यलयमा कार्यरत शिक्षक श्रावण कुमार घलान नेकपा एमालेको चुनावी प्रचार प्रसार तथा स्थानीय मतदाताहरु संग एमालेको उम्मेदवारलाई भोट माग्दै हिंडिरहेको स्थानियहरुले बताएका छन ।
बिहिबार उनि राक्सिराङ गाँउपालिका वडा नं.– ४ को देविटार,डुम्टार,मान्छप,भोक्टी लगाएतका स्थानमा पुगि स्थानियहरुलाई नेकपा एमालेको उम्मेदवार महेश कुमार बर्तौला र , लाल बहादुर थापालाई भोट माग्दै हिंडेको पाइएको छ । यस अघि पनि गाँउपालिकाको बिभिन्न स्थानमा उनि चुनावी अभियानमा रहेको जनाएको छ ।


निर्वाचन आचारसंहितामा कुनै पनि शिक्षकले राजनितीक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार तथा भोट माग्दै हिड्न नहुने र सामाजीक सञ्जालमा कुनै सन्देश, सुचना , प्रचारप्रसार सामाग्री पोष्ट शेयर गर्न नहुने भनी उल्लेख गरीएको छ । उक्त विद्यालयमा कार्यरत शिक्षक घलान चुनावी प्रचार प्रसार तथा मतको अपिल गर्दै हिडिरहेको पाइएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button