
मनहरी । पछिल्लो समय मनहरी गाँउपालिका निकै विवादीत बन्दै गइरहेको छ ।
गाँउपालिकाले आफ्ना सेवा ग्राहिहरुलाई छिटो छरितो र भ्रष्टाचार रहित सेवा प्रदान गरि गाउँपालिकाको स्वच्छ छवि निर्माण गर्नु पर्नेमा उल्टै गाँउपालिकामा विभिन्न नकारात्मक विषयहरु उजागर भए पछि विवादीत बन्दै गइरहेको छ। नकारात्मक विषयहरु उजागर हुन थाले पछि मनहरी बासीहरु निराशा हुन थालेका छन ।
निर्वाचनको बेलामा आफ्न मतदाताहरुसंग सुशासन र भ्रष्टाचार मुक्त गाँउपालिका निर्माण गरि समृद्ध मनहरी निर्माणका लागि वाचा गरेका थिए । तर अहिले त्यसको ठिक विपरित काण्डहरुले गर्दा गाँउपालिकाको छविमा आँच आएको छ ।
यसरी क्रमश गाँउपालिकाको काण्डहरु बाहिरिन थाल संगै मनहरीका स्थायिनहरुले सुशासन र भ्रष्टाचारको नारा नेतृत्वले लाउनु व्यर्थ भएको गुनासो गर्न थालेका छन ।
पछिल्लो समयमा गाँउपालिका सम्बन्धि ३ वटा काण्डहरु बाहिरी सकिएको छ । केहि महिना अघि गाँउपालिकाको वडा नं.–१ र ४ वितरण गरिएको पाडीमा अनियमितता भएको भन्ने समाचारहरु बाहिरिएको थियो ।
आर्थिक वर्ष २०७९र८० मा स्वीकृत भएको बजेटमा विपन्न, अल्पसंख्यक तथा सहिद परिवारको आर्थिक उपार्जनका लागि भन्दै गाँउपालिकाले ति दुई वटा वडामा १ सय ८ वटा पाडी वितरण गरिएको थियो ।
उक्त पाडीको खरिद मुल्य प्रति वटा २३ हजार ५ सय रहेको थियो ।
तर पाडीको साईज निकै सानो भएको र स्थानिय चलन चल्ति भन्दा बढी मुल्यमा गाँउपालिकाले खरिद गरि भ्रष्टाचार गरेको भन्दै गाँउपालिकाका सचेत युवाहरुले चासो देखाएका थिए ।
तर गाँउपालिका अध्यक्ष रञ्जन कलाखेतीले त्यसको खण्डन गर्दै हेटौडा पुगेर पत्रकार सम्मेलन गरि खण्डन गरेको थियो ।
त्यसै गरि गत भदौ २९ गते क्रसर व्यवसायी पोस्न अध्यक्ष कालाखेतीले गरे पालिकाको १६ करोड राजस्व हिनामिना शिर्षकको समाचार काण्ड बाहिरिएको थियो ।
गाँउपालिका अध्यक्ष रञ्जन कालाखेती स्वयम क्रसर व्यवसायि भएकाले आफ्न क्रसर व्यवसायि सहकर्मिहरुको पक्षमा काम गरि राज्यश्व मिनाह गरेको समाचार आएको थियो ।
त्यस लगत्तै यस विषयको खण्डन गर्न पालिकाले पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
उक्त पत्रकार सम्मेलन पनि विवाद रहित बन्न सकेनन् ।
गााउपालिका अध्यक्ष कालाखेतीले पत्रकार सम्मेलनमा सयौँको संख्यामा आफ्न कार्यकर्ता बोलाई शक्ति प्रदर्शन गरिे पत्रकारहरुलाई मानसिक यातना दिने प्रयास आशयका समाचार प्रकाशन भएका थिए ।
त्यसका साथै यस अघि भएका सबै घटना गाँउपालिकाका प्रेस संयोजक बिकल्प चौलागाईको असक्षमताका कारण भएका भएको भन्ने आसयको समाचार समेत बाहिरिएको छ ।
असोज १ गते प्रकाशित समाचारमा मनहरीमा योग्यता नपुगेका ब्यक्ति प्रेस सल्लाहकार, चौलागाईंको उरन्ठेउला ब्यबहारले पालिकाको बद्नाम शिर्षकमा समाचार बाहिरीएको थियो ।
 
				