समाचार

कोरोनाका कारण हिमालय एयरलाइन्सको नेपालचीन उडान चार साता बन्द हुने

काठमाडौं । चीन सरकारले हिमालय एयरलाइन्सको नेपाल(चीन उडान चार साताका लागि रोक लगाएको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार कोभिडका कारण चीनले उडानमा रोक लगाएको हो।

अगस्ट २ मा उक्त्त एयरलाइन्समा यात्रा गरेका १५ जना यात्रुलाई कोरोना देखिएपछि उडान बन्द गर्न अनुरोध गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सेतोपाटीलाई जानकारी दिए।

उनका अनुसार चीनले अगस्ट २२ देखि लागू हुने गरी उडान बन्द गरिदिएको छ।  ुकाठमाडौंबाट गएका यात्रुको पिसिआर गर्दा कोरोना देखिएछ। त्यहाँको नियमअनुसार एउटा उडानमा १० जनाभन्दा बढीमा कोरोना देखिएपछि चार साता रोक लगाइएको हो,’ उनले भने।

हाल हिमालय एयरलाइन्सको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको कुइमिङ सहरका लागि सातामा एक उडान भइरहेको छ।  हिमालय एयरलाइन्सको उडान रोकिने भएसँगै प्राधिकरणले एयर चाइनालाई उडान थप्न अनुरोध समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button