
मनहरी । राष्ट्र,राष्ट्रियता र संविधान माथि पटक —पटक हमला गर्ने एमालेका नाइके केपी शर्मा ओलीको हातमा सक्ता पुगे देश नै ध्वस्त हुने खतरा बढेको मकवानपुर निर्वाचन क्षेत्र नं.–२ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार ईन्द्र बहादुर बाँनियाले आरोप लगाएका छन ।
आगामी मसिंर –४ गते हुने निर्वाचनको सन्दर्भमा शनिबार मकवानपुरको मनहरी– ९ रजैया स्थित खेल मैदानमा आयोजित सयुक्त लोकतान्त्रिक वम गठबन्धन मनहरीद्वारा आयोजित चियापान तथा अगुवा कार्यकर्ता भेला कार्यक्रममा बोल्दै उम्मेदवार बाँनियाले सोे कुरा बताएका हुन ।
कार्यक्रममा बोल्दै बाँनियाले सरकारमा रहदा शर्माले आफु अनुकुल कुनै पनि काम गर्न नसके पछि उनको व्यक्तीगत स्वार्थ तथा केही आसे पासेको भरण पोषणका लागि दुई –दुई पटक संसद विगठन गरेर उनले आफ्नो असली रुप देखाएको बताए ।
आफ्नो योजना विफल भए पछि चुनावी तालमेलको नाममा जनआन्दोलनमा जनताको छातीमा गोलि चलाउने कमल थापा , राजा र हिन्दु राष्ट्रको पक्षमा वकालत गर्ने राजेन्द्र लिंदेन र देशलाई टुक्र्याउन खोज्ने सिके राउत जस्ता ब्यक्तीहरुको साहारा लिई देशलाई भड्कालेमा हाल्ने प्रयास गरिहको उम्मेदवार बाँनियाको आरोप छ ।
ओलि र उनको टीमको यो योजना विफल पार्नका लागि सम्पुर्ण देशवासीहरुले आउदो मसिंर ४ को चुनावमा बाम लोकतान्त्रिक गठबन्धनको उम्मेदवारहरुलाई जिताउनको विकल्प नरहेको बताए । यसो गरे मात्र देश समृद्धी तिर जाने र जनताको विकास हुने बताए ।
ओलिले आफु सधैं टाउको रहनका लागि मात्र भए पनि प्रतिगामिहरुलाई साथमा लिई बिभिन्न भ्रामक गतिविधिहरु गरेरहेकोले सचेत रहन सम्पुर्ण नागरिकलाई आग्रह गरे ।






