
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत ‘गोल्ड मेडलिस्ट’ उपसचिव प्रमोद नेपाल साढे २२ लाख घुससहित पक्राउ परेका छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा स्वर्णपदक पाएका उनले बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसर समेत पाएका थिए । छात्रवृत्तिमा अध्ययन गरेर फर्किएको आठ महिना पुग्दा नपुग्दै घुससहित रंगेहात पक्राउ परे ।
पर्यटन व्यवसायीसँग घुस मागेको संकेत पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गुप्तचरी टोलीले मंगलबार विहानैदेखि उपसचिव नेपालको निगरानी गरेको थियो । नेपालले नागपोखरीस्थित होटल अरण्यमा घुस लिएको सुनिश्चित भएपछि टोलीले पक्राउ गर्यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव नेपाल ६ लाख रुपैंया सहित पक्राउ परे ।
‘प्याराग्लाइडिङको उडान अनुमतिका लागि उहाँले घुस मागेको र त्यो रकम लिएको भन्ने सूचनाका आधारमा आयोगको टोलीले उहाँलाई पक्राउ गरेको हो,’ अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले भने, ‘नियन्त्रणमा लिएर खानतलासी गर्दा उहाँको साथबाट ६ लाख बरामद भएको हो ।






