समाचार

चौथो अन्तराष्ट्रिय सोसल अर्वाड अजरबैजानको बाकुमा हुने

हेटौंडा । क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा अजरबैजानको राजधानी बाकुमा चौंथो अन्तराष्ट्रिय सोसल अर्वाड(२०२२ हुने भएको छ ।  पर्यटकीय हिसाबले निक्कै चर्चित देश अजरबैजानमा हुने अवार्ड कार्यक्रममा मकवानपुरे सहित २५ जनाले अन्तराष्ट्रिय अर्वाड पाउने छन् ।

२०७९ भदौं २७ गते अर्थात १२ सेप्टेम्बर २०२२ देखी २०७९ असोज ३ अर्थात १९ सेप्टेम्बर २०२२ सम्म अजरबैजान ९बाकु० र दुबई भ्रमण सङ्गै अर्वाड कार्यक्रम पनि हुने पत्रकार सम्मेलनमा बताईएको छ । मुख्य कार्यक्रम भने २०७९ भदौ २९ गते अर्थात १३ सेप्टेम्बर २०२२ दिन अजरबैजानको राजधानी बाकुमा हुने क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीका अध्यक्ष सुनिल खड्काले जानकारी र्दिए ।

पहिलो पटक रेडियो सन्देश १०६।९ मेगाहर्ज र बिगत १८ वर्षदेिख मकवानपुर जिल्लाबाट नियमित प्रकाशित हुँदैं आएको निकास साप्ताहिकको १६ औं बार्षिकउत्सवको अवसरमा थाईल्याण्डको बैंककमा भव्य रुपमा सन्देश ईन्टरनेशनल अर्वाड आयोजना गरिएको थियो । दोस्रो सन्देश ईन्टरनेशनल अर्वाड मलेसिया र सिङ्गापुरमा र तेस्रो अवार्ड कार्यक्रम दुवईमा भव्यताका साथ सम्पन्न गरिसकेको खड्काले बताए ।

यसअघि सन्देश ईन्टरनेशनल अर्वाड नाम गरिएको अर्वाडको नाम परिवर्तन गरी अन्तराष्ट्रिय सोसल अर्वाड बनाईएको उनले बताए । अर्वाडका विधा र प्रकृति उस्तैं रहेपनि अझैं बृहत र धेरै बिधा समेट्ने उद्येश्यले अर्वाडको नाम र आयोजक परिवर्तन गरिएको क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीका अध्यक्ष खड्को भनाई छ ।

विगतका बर्षहरु झैं यसवर्ष पनि विभिन्न क्षेत्रमा कृयाधिल राष्ट्रिय तथा अन्तराष्ट्रीय व्यक्तित्वहरु लाई विभिन्न विधामा अवार्ड प्रदान गरिने छ । कार्यक्रममा नेपाल बाहेक युरोप, जापान, अमेरिका, थाईल्याण्ड, कतार, मलेसिया, सिङ्गापुर, ओमान, चाईना सहित विभिन्न देशबाट सहभागिता हुने जानकारी दिईएको छ ।

कार्यक्रममा अजरबैजान र दुबईको बिभिन्न संघ र संस्था, सामाजिक व्यक्तित्व, उद्योगीरव्यवसायी गरी करिब २ सय जनाको सहभागिता हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । कार्यक्रममा नेपालबाट अर्वाड पाउने व्यक्ति, सञ्चारकर्मीहरु, राजनैतिक दलका नेता, जनप्रतिनिधिहरु, सांसद, बिभिन्न संघरसंस्था, सामाजिक व्यक्तित्व, उद्योगीरव्यवसायी लगायत सहभागी हुने छन् । कार्यक्रममा बिभिन्न २५ विधामामा २५ जना व्यक्तित्वलाई चौथो अन्तराष्ट्रिय सोसल अर्वाड र राष्ट्रिय सम्मानबाट सम्मान गरिने बताईएको छ । अवार्ड सङ्गै अजरबैजान र युएईको विभिन्न पर्यटकीय स्थान र सञ्चारगृहको भ्रमण, अध्ययन तथा अवलोकन पनि गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
कार्यक्रम ७ दिनको हुने जनाईएको छ ।

अनलाइन गुगल फाराम भरेर पनि अवार्ड कार्यक्रममा सहभागी हुन सकिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । अनलाइन मार्फत आएका आवेदन अध्ययन गरेर अवार्ड प्रदान गरिने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button