समाचार

९१ वर्षीय वृद्ध एक हप्ता देखि सम्पर्क बिहिन


मनहरी । मनहरी गाउँपालिका वडा न .- ५ का एक वृद्ध सम्पर्क बिहिन भएको छ।

पुष २गते देखि मनहरी -५ बसन्तपुर निवासी ९१ बर्षिय वृद्ध रुद्र बहादुर वाईवा परिवार तथा आफन्तको सम्पर्कमा नरहेको जनाएको छ ।

गत २ गते बिहान ९ बजे तिर घर बाट निस्किएका वाईवा हाल सम्म सम्पर्कमा नआएको वाईवाकी नतिना काजल मिजारले बताए।

घरबाट निस्किएको एक हप्ता भइसक्दा पनि सम्पर्कमा नआए पछि परिवारका सदस्यहरु चिन्तित छन । परिवारले सबै आफन्तकोमा सम्पर्क गर्दा कहि नरहेको जानकारी पाए पछि थप चिन्तित बनेको छ ।

कहि कतै वाईवालाई देखेमा नजिकको प्रहरी वा आफन्तलाई सम्पर्कं गर्न आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button