समाचार

बोटे समुदायको आय आर्जनका लागि उन्नत जातको बाख्रा वितरण

मनहरी । मनहरी–७ मा रहेको ४१ घर धुरी बोटे परिवारलाई उन्नत जातको बाख्रा वितरण गरिएको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गरि मनरी–७ रमौलीमा बसोबास गर्दै आइरहेको लोपोन्मुख तथा सिमान्तकृत बोटे समुदायको आय आर्जन बृद्धिमा सहयोग पुर्याउने उद्धेश्यले मनहरी गाँउपालिकाले उन्नत जातको ४१ वटा बाख्रा वितरण गरिएको हो ।

प्रत्येक घरधुरीलाई गाँउपालिकाले १ – १ वटा को दरले वितरण गरिएको थियो । कार्यक्रममा गाँउपालिका उपाध्यक्ष सीता पुलामी मगर , प्रमुख प्रशासकिय अधिकृत मोहन कुमार श्रेष्ठ , ७ नम्बरका अध्यक्ष ठाकुर तितुङ लगाएतको उपस्थीती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button