समाचार

पाँचौ मनहरी महोत्सवको ९०प्रतिशत भन्दा बढी तयारी पूरा


मनहरी । पाँचौ मनहरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

शनिबार नमस्ते मनहरी संग कुरामा गर्दै आयोजक मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका सभापति तथा मेला आयोजक समितिका संयोजक गणेश मानन्धरले १६ गते देखी हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

अहिले स्टल , बाल उद्यन , स्टेज निर्माण कार्य लगभग पुरानो भएको जनाएको छ ।

१५० वटा स्टल रहने उक्त महोत्सवमा विभिन्न जात जाति र कृषि उपज प्रदर्शनीका लागि निशुल्क स्ट्लको व्यवस्था रहेको छ
महोत्सवमा स्थानीय कृषि उत्पादनहरु च्याउ, केराका परिकार, स्थानीय गहत, मास, मस्याङको बिक्री बितरण र प्रदर्शनी गरिनेछ ।

त्यसैगरी पश्चिम मकवानपुरमा बाहुल्य रहेको चेपाङ जातिको संस्कृति झल्काउने घर, नेपालमै मनहरीमा मात्र रहेको बनकरियालाई पनि महोत्सवमा स्थान दिने गरी तयारी गरिएको संयोजक मानन्धरले जानकारी दिनुभयो ।

यही माघ १६ देखि २८ गतेसम्म चल्ने महोत्सवमा राष्ट्रिय र स्थानीय सबै कलाकारहरुको तय गरिएको र स्थानीय स्तरमा लोकदोहोरी प्रतियोगिता, नृत्य लगायतका क्रियाकलापहरु दैनिक रुपमा हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button