समाचार

चट्याङ लागेर मनहरी -६ रुपाचुरिका ३ जना घाइते

मनहरी ।शनिबार दिउसो परेको चट्याङ लागेर मनहरी  गाउँपालिका–६ रुपाचुरीका  तीन जना घाइते भएका छन्।

दिउँसो करिब २ बजे  हावाहुरी सहित पानी परिरहेको समयमा स्थानीय ३८ वर्षीय  मंगल मुक्तान घरमा  बसिरहेका समयमा चट्याङ लाग्दा घाइते भएका हुन्।

उनको छातीमा भित्री चोट लागेको छ भने मुखबाट रगत बगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

त्यसै गरि  मुक्तानकि २७ वर्षीया बहिनी कालिमान बल र  १८ वर्षीय छोरा कल्सान मुक्तान  समेत गरि ३ जना घाईते भएको हो ।

घाइतेहरुलाई चितवन  स्थित भरतपुर सरकारी अस्पतालमा उपचार गरिरहेको  प्रहरीले बताएको छ।

प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button