
हेटौडा । नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एवं मकवानपुर निर्वाचन क्षेत्र १ को ९क० का उम्मेदवार प्रेम बहादुर पुलामी ‘छिन्तु’ ले जुन–जुन बेला मुलुकमा संकट आइपरेको छ, त्योबेला काँग्रेस र कम्युनिष्ट मिलेर जाने गरेको बताउनुभएको छ ।
बिहीबार बागमती गाउँपालिका वडा नम्बर २ स्थित राईगाउँ बजारमा लोकतान्त्रिक बाम गठबन्धनको चुनाब प्रचार–प्रसार समिति कार्यालयको उद्धघाटन गर्दै ‘छिन्तु’ मुलुकको संकट समाधान हेतु गठबन्धनले जित्नैपर्ने र त्यसका लागि प्रतिनिधिसभातर्फ रुख र प्रदेशसभातर्फ गोलाकारभित्रको हँसिया हथौडालाई मतदान गरी बिजयी गराउन आग्रह गर्नुभयो ।
उम्मेदवार ‘छिन्तु’ ले अघिल्लो चरणको भोट यो देशको व्यवस्था बदल्न लागि मागेको र अबको भोट अवस्था बदल्नका लागि माग्न आएको जिकिर गर्नुभयो ।
बाम लोकतान्त्रिक निर्वाचन परिचालन कमिटि बागमती गाउँपालिका वडा नं। २ संयोजक डोर बहादुर थापाको अध्यक्षतमा भएको कार्यक्रममा नेपाली कांग्रेसकी सहमहामन्त्री तथा बाम लोकतान्त्रिक गठबन्धन अन्तरगत मकवानपुर क्षेत्र नं। १ की उम्मेद्वार महालक्ष्मी उपाध्याय ९डिना०, नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य बिजय गौतम, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य घन प्रसाद गौतम, नेपाली कांग्रेसका क्षेत्रिय सभापति दामोदर खनाल नेकपा एकीकृत समाजबादीका जिल्ला सचिवालय सदस्य नारायण तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो ।






