
मनहरी । मनहरी -७ मा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समुह क्षेत्र भित्र वृक्षरोपण गरिएको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना वृक्षरोपण गरिको वन समुहका अध्यक्ष सुरेश मुक्तानले जानकारी दिए ।
वन क्षेत्रमा रहेको २ हेक्टर खालि स्थानमा नीम जातको बिरुवा रोपिएको अध्यक्ष मुक्तानले जानकारी दिए ।
नीम जातमा औषधिय गुण हुने भएकाले १२ सय बिरुवा रोपिएको बताए ।
वृक्षरोपण कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान,मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामि मगर (रेखा),राप्ति डिभिजन वन कार्यालय मनहरीका प्रमुख बिष्णु प्रसाद आचार्य ,ईलाका प्रहरी कार्यालय मनहरी, उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरी , फरेष्ट्री क्याम्पस हेटौंडाका विद्यार्थि, वन समितिका पदाधिकारी , स्थानिय उपभोक्ता ,समाजसेवी ,राजनितीक दलका प्रतिनिधि लगाएतको उपस्थितिमा वृक्षरोपण गरिएको हो ।








