
मनहरी । मनहरी गाँउपालिका भित्र रहेको सामुदायिक विद्यालयहरुको एसईई मा नजिता खस्निुको प्रमुख कारण कोभिड –१९ भएको सरोकारवालाहरुले बताएका छन । शनिबार मनहरी गााउपालिकाको सभाहलमा आयोजना गरिएको २०७९ को एसईई परीक्षा फलको समिक्षात्मक कार्यक्रममा सहभागिहरुले सो कुरा बताएका हुन ।
विश्वब्यापि रुपमा महामारीको रुपमा फैलिएको कोभिडका कारण बिद्यालय बन्द भएका कारण शैक्षिक क्यालेन्डर अनुसार कक्षा सञ्चालन हुन नसक्दा सो समस्या उत्पन्न भएको जनाएको छ । गत शैक्षिक सत्रमा १सय दिन पनि कक्षा सञ्चालन नभएको कार्यक्रममा सहभागि बिद्यालयका प्रधानध्यापकहरुले बताएका छन । समिक्षा बैठकमा बोल्दै राष्ट्रिय रोटरी मावि मनहरी –७ का प्रधानध्याप गोबिन्द प्रसाद पौडेलले कोभिड –१९ का कारण शैक्षिक क्यालेण्डर अनुसार पढाई नहुदा पनि त्यस अनुसारको प्रश्न पत्र नआई सामान्य भन्दा फरक प्रश्न पत्र आएका कारण यस वर्षको एसईईको नजिता खस्केको बताए । त्यसका साथै समयानुकुल दक्ष शिक्षकको अभावको कारण पनि यो समस्या आएको बताए ।
त्यसै गरि राष्ट्रिय मावि सुनाचुरीका प्रधानध्यापक सुर्य बहादुर मुक्तानले शिक्षकहरु बिद्यार्थी मैत्रि भईनदिदा यो समस्या आएको बताए । कक्षा कोठमा एकै नासका बिद्यार्थी नहुने भन्दै मुक्तानले बिद्यार्थीको मनोभाव नबुझी शिक्षकले आफ्नै ढंगले पाठ्यक्रमलाई अगाडी बढाउदा यो समस्या उत्पन्न भएको जिकिर गरे । बिद्यार्थीले बिषय बस्तु बुझेको÷नबुझेको केहि वास्त नगरी आफ्नै ढंगले शिक्षकहरुले पढाउदा पनि यस्तो समस्या आएको मुक्तानको भनाई छ।
कार्यक्रममा बोल्दै गाँउपालिकाका उपाध्यक्ष सीता पुलामी मगर (रेखा) ले शिक्षकहरुले कुनै पनि हालतमा बिद्यार्थिको मनोविज्ञान बुझी पुर्ण रुपमा गुणस्तरीया शिक्षामा जोड दिनुको विकल्प नरहेको बताए । एकदम कम आर्थिक स्थिती भएका बिद्यार्थीलाई गाँउपालिकाले पुर्णरुपमा निशुल्क शिक्षाको ब्यवस्था गरिने उपाध्यक्ष मगरको भनाई छ ।
यसै गरि गाउँपालीका अध्यक्ष रन्जन कालाखेतीले आगामी वर्ष उत्कृष्ट नतिजा ल्याउन सम्पुर्ण शिक्षक, अभिभावक र ब्यवस्थापन समिति लाग्न निर्देशन दिए । शिक्षक र शिक्षा शाखाको आवश्यकता परिपुर्ती गरीदिने तर त्यसको बदलामा उत्कृष्ट नतिजा दिनुपर्ने भन्दै सम्पुर्ण प्रधानाध्यापक र शिक्षा शाखालाई आग्रह गरे ।
