समाचार

२९ औं तामाङ प्रशारण दिवस मकवानपुरमा भव्य रुपमा मनायो , सिन्तानलाई नगद सहित सम्मान


हेटौडा । तामाङ पत्रकार संघ मकवानपुरले २९ औं तामाङ प्रशारण दविस हेटौंडामा मनाएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै संघले दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको हो । संघले दिवसको अवसरमा डेढ दशकदेखी सञ्चारकर्ममा क्रयिाशील पत्रकार दुदुमाया सिन्तानलाई सम्मान गरेको छ ।

सिन्तानलाई नगद पाँच हजार सहति सम्मानपत्रले सम्मान गरिएको हो । उनलाई जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललीत बहादुर घलान र संघका अध्यक्ष जयराम मोक्तानले संयुक्त रुपमा सम्मान ललीत । मोक्तानको सभाध्यक्षमा भएको कार्यक्रममा घलानको प्रमुख आतथ्यिता रहेको थयिो ।

कार्यक्रममा राक्सरिाङ गाउँपालकिाका उपाध्यक्ष बनस्तम थिङ, हेटौंडा उपमहागरपालकिा वडा नम्बर १५ का वडा अध्यक्ष सुनील मोक्तान, जल्लिा समन्वय समतिकिा सदस्य सुमरिा लामाको आतथ्यिता रहेको थियो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ संघका प्रदेश अध्यक्ष लीला कुमार घलान, जील्ला अध्यक्ष कालु घलान, केन्द्रीय सदस्य मेम्बर लो, जील्ला सचिव किरण मान बल, तामाङ पत्रकार संघ केन्द्रिय सदस्य आर्दश सिं थोकर , बागमति प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र तामाङ , नेपाल आदिवासी जनजाती महासंघ जील्लाअध्यक्ष जंगबहादुर गुरुङ, हिमराईट्स मकवानपुरका कार्यक्रम संयोजक कुमारी वाईवा, संघका सल्लाहकार राजकुमार गोले लगायत आतथ्यिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button