
मनहरी । मनहरी गाँउपालिकाका उपाध्यक्ष सीता पुलामी मगरले नियम संगत ढंगले जनताको पक्षमा काम गर्न गाँउपालिकाका कर्मचारीहरुलाई निर्देशन दिएका छन । शुक्रबार गाँउपालिकाको गाँउ सभा हलमा आयोजना गरेको गत आर्थिक वर्ष २०७८÷७९ को वार्षिक समिक्षा गोष्टिमा बोल्दै उपाध्यक्ष मगरले जनतालाई सेवा प्रबाह गर्दा कानुनमा टेकेर जनपक्षिय ढंगले सेवा प्रदान गर्न निर्देशन दिए । नेकपा एमालेले नेतृत्व गरेको समयमा मनहरी गाँउपालिकामा प्रशस्तै बेरुजु देखिएको प्रसंगलाई ईंगित गर्दै उपाध्यक्ष मगरले उक्त निर्देशन दिएको हो । गाँउपालिकालाई देश उत्कृष्ट र नमुना बनाउने हो भने बेरुजुलाई शुन्यमा झार्नुको विकल्प नभएको बताएका छन । त्यसका लागि कर्मचारी र जनप्रतिनिधि विचमा समन्वयको आवश्यका रहेका बताईन ।
जनतालाई सेवा प्रवाह गर्दै गर्दा कुनै कर्मचारीलाई समस्या परेमा निर्धक्क भएर समस्या राख्न आग्रह गर्दै उपाध्यक्ष मगरले कर्मचारीको समस्या समाधान गर्न गाँउपालिका संधै हाजिर रहेको बताईन ।
प्रतिक्रिया दिनुहोस्
