मनहरी । मनहरीमा सालनाल सहित नवजात शिशुको शव फेला परेको छ । मनहरी गाउँपालिका वडा नम्बर–७ स्थित डम्पिङसाईटमा नवजात शिशु (छोरी) को शब फेला परेको ईलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।
उक्त शव कस्ले फालेको हो भन्ने नखुलेको र एक, दुइ दिन अगाडी मात्रै जन्माएर फालेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।
शिशुको शव सालनाल सहित रहेको र थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।