स्थानिय

सन्तलाल श्रेष्ठलाई हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा उपचार खर्च प्रदान


मनहरी । मनहरी ६ का सन्तलाल श्रेष्ठलाई हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले उपचार खर्च प्रदान गरेको छ ।

दुर्घटनामा परि उपचार गरि रहेका उनलाई बिमा कम्पनीको बिमित समेत रहेका श्रेष्ठलाई ब्यक्तिगत दुर्घटना लाभबापत औषधि उपचार खर्च स्वरुप नगद ४० हजारको चेक प्रदान गरिएको बिमा कम्पनीका एजेन्सी म्यानेजर कृष्ण योञ्जनले जानकारी दिनुभयो ।

शुक्रबार मनहरी गाउँपालिका वडा नं. ६ का अध्यक्ष युवराज थपलिया, बिमा कम्पनीका मनहरी शाखा प्रमुख रुपक घिमिरे, एजेन्सी म्यानेजर कृष्ण योञ्जन, समाजसेवी यदुनाथ श्रेष्ठलगायतको उपस्थितिमा उपचार खर्च प्रदान गरिएको हो ।

श्रेष्ठले हिमालयन जीवन सुरक्षा बिमा योजना अन्तर्गत १६ बर्ष अवधिका लागि जीवन बिमा गरेका थिए । उनको बिमांक ४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button