कैलाश । मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ९ थामलेकमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।
बुधबार दिउँसो चट्याङ पर्दा थामलेकका प्रकाश गोलेको छोरा १४ बर्षीय कान्छा गोलेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घटनाबारे बिहिबार दिउँसो मात्रै सुचना पाएको र प्रहरी चौकी नामटारबाट प्रहरीको टोली घटनास्थलमा गएको थियो ।
घटनास्थललाई प्रहरीले सुरक्षित राखि थप अनुसन्धान तथा मुचुल्का गर्न जिल्ला प्रहरी कार्यालयबाट टोली खटाइएको जनाइएको छ ।
आफ्नै घर बाहिरको पेटिमा खाटमा बसीरहेको अबस्थामा चट्याङ लागेको थियो । घटनास्थल विकट र टाढा भएकाले थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।