विहीबार भएको तालिमको समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले दीगो विकास लक्ष्यको लागि शिक्षा क्षेत्रको ठुलो भूमिका रहने भएकाले हामीले शिक्षा क्षेत्रमा लगानी गर्दै आइरहेको बताए ।
उनले शिक्षामा लगानी अुनरुप नतिजा निकाल्न समय समयमा यस्ता पुनर्ताजगी तालिमहरुको आयोजना गर्दै आइरहेको बताए । ‘प्रअहरुलाई पनि सिकाईको लागि तालिम भ्रमणहरु जस्ता क्रियाकलाप गर्दै आइरहेका छौं, र आगामी दिनहरुमा पनि गर्ने छौं,’ अध्यक्ष मुक्तानले भने ।
गाउँपालिकाका विद्यालयहरुमा पूर्वाधारमै समस्या छ, त्यसले पर्याप्त मात्रामा सुविधा भएको तालिम केन्द्र नभएको अवस्थामै छिट्टै नै आवासीय व्यवस्था सहित तालिम केन्द्र सञ्चालन गर्ने सोच रहेको अध्यक्ष मुक्तानले बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले पुनर्ताजगीले थप सोच विचार र पठनपाठनमा परिवर्तन हुनेमा विश्वास व्यक्त गरेका थिए । उनले समृद्ध कैलाश बनाउन शिक्षाको भूमिका महत्व रहने भएकाले शिक्षकहरुको सकरात्मक सोचले विद्यार्थीहरुलाई विद्यालय आउने वातावरण बनाउन सक्ने समेत बताए ।
कार्यक्रममा तालिमका प्रशिक्षक सुर्यप्रसाद घिमिरेले तालिम पश्चात भएको परिवर्तनलाई सुरुमै विद्यार्थीले आभाष हुने गरी कार्यान्वयन गर्न आग्रह गरे । सिकेको सीपलाई विद्यार्थीसँगै अन्य शिक्षकहरुसँग पनि साट्न सकिने घिमिरेले बताए ।
कार्यक्रममा सहभागीको तर्फबाट शिक्षकद्धय गीता थपलिया र अर्जुन राईले आफ्नो अनुभव प्रस्तुत गरेका थिए ।
कालिका माध्यामिक विद्यालय नामटारका प्रधानाध्यापक रामप्रसाद कालाखेतीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशी, प्रशिक्षकद्धय सुर्यप्रसाद घिमिरे र विवशजंग थापा, शिक्षा शाखाका प्राविधिक सहायक दीपेन्द्र अधिकारी, स्रोत शिक्षक ध्रुवराज विष्टलगायतको आतिथ्यता रहेको थियो । तालिममा ४५ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।