समाचार

तामाङ पत्रकार संघ मकवानपुरले मनाए २८ औं तामाङ प्रसारण दिवस, उदयमान तामाङ पत्रकार –०७९बाट जमुना सम्मानित


हेर्टौंडा । तामाङ पत्रकार संघ मकवानपुरले २८ औं तामाङ प्रसारण दिवस मनाएका छन् । मंगलबार “तामाङ पत्रकारहरुको अवस्था, अवसर र चुनौती विषयक अन्तरक्रिया तथा जनप्रतिनिधि सम्मान” कार्यक्रममा आयोजना गर्दै तामाङ प्रसारण दिवस मनाएको हो । तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यतामा प्रसारण दिवस मनाएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख घलानले तामाङ भाषा, संस्कृतिको ह्रस हुँदै गइरहेकोले चिन्ता व्यक्त गर्नुभयो । सबै पालिकाहरुसँग समन्वय गरी भाषा र संस्कृति सरक्षणमा जोड दिनुका साथै तामाङ पत्रकारहरुको हितमा सहयोग गरिने प्रतिबद्वता व्यक्त गरे । यसैगरी हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले तामाङ समुदायको बाहुल्यता भएको स्थानमा तामाङ भाषा र संस्कृतिलाई जोड दिइरहेको दिए । उपमहानगरले तामाङ संग्राहलयका निर्माणका विषयमा विभिन्न व्यक्तित्वहरुसँग छलफल भइरहेको बताए । यस्तै लामाले तामाङ पत्रकारका हितमा उपमहानगरले सहयोग गरिने प्रतिबद्वता जनाइन ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, अग्रज पत्रकार रामकुमार एलन, पोष्टराज कुमार अधिकारी लगायतले “तामाङ पत्रकारहरुको अवस्था, अवसर र चुनौती विषयमा धारणा राखेका थिए ।

त्यसै गरि कार्यक्रमको अवसरमा तामाङ पत्रकार न.जमुना थिङलाई सम्मान गरिएको छ । थिङलाई उदयमान तामाङ पत्रकार–७९ बाट नगद सहित सम्मान गरिएको तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मुक्तानले जानकारी दिए । िकार्यक्रममा नेपाल तामाङ घेदुङ संघ बागमती प्रदेशका अध्यक्ष लिला कुमार घलान, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान लगायत मकवानपुरका सबै जनप्रतिनिधिहरुको उपस्थीती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button