
मनहरी । डेङ्गु सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मनहरी गाउँपालिकाले तयारी थालिएको छ ।
गर्मीयामको सुरुवात सङ्गै डेङ्गु सङ्क्रमण तिव्ररुपमा हुन सक्ने भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि मनहरी गाउँपालिकाले पुर्व तयारी थालिएको हो ।
जस अनुरुप मंगलबार स्वास्थ्यकर्मी , जनप्रतिनिधि र पत्रकारसंग अन्तरकृय गरिएको छ ।
डेङ्गुको सङ्क्रमणबाट बिरामीको ज्यानै जान सक्ने भएकाले सबै जना सतर्कता हुन आवश्यक रहेको मनहरी गाउँपालिकाका स्वास्थ संयोजक रामचन्द्र दाहालको भनाई छ ।
दाहालका अनुसार स्थानीय स्तरमा र बिद्यालयहरुमा यस बारे सचेतना कार्यक्रम संचालन गरिने छ।
त्यसका साथै समुदाय स्तरमा सरोकारवालाहरुको सहभागितामा घर वरिपरि, ग्यारेज , तथा अन्य स्थानमा रहेको लामखुट्टेको बासस्थान नष्ट गरिने बताए ।
गत वर्षको तथ्यांक अनुसार मनहरी गाउँपालिका डेङ्गु सङ्क्रमणको आधारमा जिल्लाकै दोस्रो स्थानम रहेको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, प्रमुख प्रशासकिय अधिकृत रमेष सुवेदी , स्वास्थ शाखा प्रमुख रामचन्द्र दाहाल लगाएतकालो उपस्थिती रहेको थियो।






