Uncategorized

मनहरीमा ट्रकको ठक्करबाट स्याङतानको ज्यान गयो

मनहरी । पश्चिम मकवानपुरको  मनहरी गाउँपालिका–८ स्थित सिमपानीमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ। हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ७७१२ नम्बरको लोड ट्रकले बाटो क्रस गर्दै गरेका पैदल यात्रु गंगा बहादुर स्याङतानलाई ठक्कर दिएको हो।

७० वर्षीय स्याङतान राक्सिराङ गाउँपालिका–९ स्थायी घर भई हाल मनहरी गाउँपालिका–८ मा बसोबास गर्दै आएका थिए। ठक्करबाट गम्भीर घाइते भएका स्याङतानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए। ट्रक चालक ४० वर्षीय प्रमोद महत्तो, सर्लाहीको हरिवन नगरपालिका–९११ निवासी, हाल मनहरी प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button